सर्वोच्व अदालको निर्णय, रबि लामिछाने र राष्ट्रीय स्वतन्त्र पार्टीको अगामी यात्रा

| २०७९ माघ १४ गतेमा प्रकाशित

अन्मेश श्रेष्ठ- अदालतले अहिले यसो हेर्दा रबि लामिछानेको बिपक्षमा निर्णय गरेको जस्तो देखेपनि यो कालन्तरमा यो निर्णयले रबि लाई फाइदानै पुगेको र उसको पार्टीको भबिष्य डामाडोल जस्तो देखिए पनि उसले जनताको जुन जोगि आए पनि कानै चिरेको भन्ने भनाइलाई सार्थकता नपाउने जस्तै देखिएको छ । विभिन्न खाले सरकार त्यसमा पनि गृहमन्त्रीको कार्यकुसल्तामा समेत प्रश्न चिन्ह उठ्दै बिहान कमाएर बेलुका खाने श्रमजीवी वर्गमा राष्ट्रिय स्वतन्त्र पार्टि दिनदिनै क्रमिक रुपमा स्खलित हुन थालेको यस समयमा अदालको उक्त निर्णयले रबि र उसको पार्टीको भबिष्यलाई थप मलजल मिलेको त होइन ?

रबिको नागरिकता सम्बन्धित मुद्धा चुनाब अगाबैको हो तर यस्तो निर्णयले उसलाई फाइदा पुगेको छ र उसले बुझेको पनि छ नुन देखि सुन सम्म र खाने तेल देखि मट्टीतेल सम्म भरतको भर पर्नु पर्ने र मन्त्रीपरिषदको ५१५ हिस्सा प्रधानमन्त्री हुने र गृहमन्त्री भएर केही गर्न नसकिने रहेछ भन्ने बुझेका लामिछानेलाई यस निर्णयले फाइदा पुगेको छ । कसले खोज्छ बिना कारण बन्द क्रस किन खुल्यो कहाँ पुग्यो निर्मला हत्या काण्ड कहाँ गए प्रेम प्रसाद काण्ड यी सबको जड को अन्त्य भयको छ र जनतामा नयाँ भ्रमको खेति सुरुवात भएको छ । यी सब कुराको समाधानको निमित्त रबि लामिछाने यो देशको प्रधानमन्त्री बन्नु पर्छ भन्ने कुरा भोलिबाट चिया पसलहरुमा चल्ने छ अनि चिया र चुरोटको धुवाँ सरि हावामा अब जनताको आशाभरोशा हावामा उडने छ ।

यहाँ कुरा उप निर्वाचनको मात्रै छैन यहाँ बिदेशी चलखेल र देशलाई अस्थिरतामा लैजाने मेसो बनेको छ । रबिले उप निर्वाचन हेर्दै जाउ पहिलेको भन्दा पनि पपुलर मतान्तरले चुनाब जित्छ रबिले । जनतामा केही गर्ने मान्छेको खुट्टा तान्ने प्रबृत्ति नेपालमा रहेछ भन्ने कुरा प्रमाणित गरेको छ । जनताको माझ आजको अदालतको निर्णयले भन्ने कुरा उसले जनता सामु प्रष्ट पारिसकेको छ । अब केही बिग्रेको छैन । उसको पार्टी सरकारमा भइरहन्छ उसको पार्टीको उपप्रधानमन्त्री सहितको गृहमन्त्री सुरक्षित छदै छ के नै बिग्रेको छ र ।

आगामि निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पाटि निर्णय शक्ति सहित यो देशको प्रधानमन्त्री रबि हुन्छ जे होस नेपालमा रबि र उसको लगानी कर्ता देशभर सफल भएको छ । भाबि प्रधानमन्त्रीको लागि पुर्व सञ्चारकर्मि एवम गृहमन्त्री रबि लामिछाने लाई बधाई तथा शुभकामना अझ अर्को चाखलाग्दो कुरा के हो भने सबै राजनिती भन्दा धेरै टाढा रहेको सामान्य नागरिकलाई राजनितीक चेतना दिन सफल भएको छ हेर्दै जाउ रास्वपा लाई मतदान गर्ने सबै जनता र बिदेशी भुमिमा काम गर्ने जनता यसको सदस्य हुने निश्चत छ । यहाँ अहिले पनि निर्णय रबिको पक्षमा नै छ र यसको प्रत्यक्ष लाभ रबिलाई नै छ । अब को ५,१० बर्ष भित्र राजनीतिको चतुर खेलाडी रबि लामिछाने हुने छ । यसरी छोटो समयमा बिना लगानि प्रतिनिधि सभामा २० सिट र उपप्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्रालय सहित सरकारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट