१६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान !

| २०८० कार्तिक १८ गतेमा प्रकाशित

काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टीमसहित त्यस क्षेत्र प्रस्थान गरेका छन् ।

जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्