घाइतेसंगै सुर्खेत पुगे प्रधानमन्त्री प्रचण्ड

| २०८० कार्तिक १८ गतेमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि घाइतेसंगै सुर्खेत फर्किएका हुन् ।

प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सुर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट