सेवा प्रवाह सुधारमा जोड दिन स्थानीय सरकारलाई सञ्चारमन्त्रीको सुझाव

| २०८० मंसिर १६ गतेमा प्रकाशित

काठमाडौँ- सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवस्थित सञ्चार सेवा र भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएकी छन्। उनले स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव पनि दिएकी छन्।

सल्यानमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारको मुख्य प्राथमिकता सुशासन, विकास र सहज सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताइन्।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले चुस्त र सहज सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। पूर्वाधार विकास र नीति तथा कानुन निर्माणका काम भने संघ र प्रदेश सरकारले गर्ने उनले बताईन्।

वर्तमान सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिकसत्र सुरु हुनुअघि नै दुर्गम जिल्लाका स्कुलहरुमा पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटेको लगायतका उदाहरण पेश गर्दै मन्त्री शर्माले सेवाग्राही मैत्री काम अझै बढाएर लैजानुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्