फागुन २ गते सूर्यगढी ५ मा गगन थापासहित कांग्रेस शिर्ष नेताहरु आउदैँ

| २०८० माघ २२ गतेमा प्रकाशित

नुवाकोट- सूर्यगढी गाउँपालिका वडा नं ५ मा आगामी फागुन २ गते नेपाली कांग्रेसका महामन्त्री माननीय गगन कुमार थापासहित शिर्ष नेताहरु आउने भएका छन् । वडा नं ५ ले चिसापानी स्थित जालपा मन्दिर परिसरमा गाउँपालिकामा संचालित मा.वि विद्यालय तथा क्लबलाई खेलकुद सामाग्री वितरण, न्योनो कपडा वितरण, राष्ट्रपति रनिङ शिल्ड तथा वडा कप प्रतियोगिताका खेलाडी सम्मान तथा पुरस्कार वितरण र पिकनिक कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष अचुत राज ढकालले बताए ।

वडाध्यक्ष ढकालका अनुसार उक्त कार्यक्रममा माननीय अर्जुन नरसिंह केसी, माननीय प्रदिप पौडेल, संविधान सभा सदस्य माननीय जगदिश्वर नंरसिंह केसी, कांग्रेस नुवाकोट सभापति माननीय रमेश कुमार महत, डा. केदार नरसिंह केसी, नेपाल विद्यार्थी संघका सभापति दुजागं शेर्पा, बिद्धान गुरुङ लगाएतका नेताहरुको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्