१८ जनालाई 'महिला उद्यमशीलता पुरस्कार' प्रदान गर्दै तारकेश्वर गाउँपालिका

| २०८० फागुन २७ गतेमा प्रकाशित

नुवाकोट- तारकेश्वर गाउँपालिकाले ६ वटै वडाका १८ जना महिलालाई 'महिला उद्यमशीलता पुरस्कार' प्रदान गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारी 'अविरल' ले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उक्त कुरा घोषणा गरेका हुन् ।

अध्यक्ष अधिकारीले सृष्टिको सुन्दर फूल हुन् नारी, हरेक घरको उज्यालो द्वीप हुन् नारी सहनशीलता अखण्डको द्वीप धर्ती हुन् नारी भन्दै महिला सशक्तिकरणको अभियानलाई सार्थकता दिनको लागि उक्त पुरस्कार घोषणा गरेको बताए ।

गाउँपालिकाले छिट्टै नै एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार वितरण गर्ने अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट