नुवाकोट जिल्लाको वस्तुगत विवरण पुस्तक सार्वजनिक

| २०८१ असार २० गतेमा प्रकाशित

नुवाकोट– जिल्ला समन्वय समिति नुवाकोटले जिल्लाको वस्तुगत विवरण पुस्तक सार्वजनिक गरेको छ । आज विदुरमा आयोजित कार्यक्रममा बागमती प्रदेश सभाकी पूर्व उपसभामुख माननीय राधिका तामाङले सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी शान्तिराज प्रसाईले पुस्तकको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

वागमती प्रदेश सरकारको आर्थिक सहयोग र तथ्याङ्क कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा ३०१ पृष्ठको पुस्तकमा राष्ट्रिय जनगणना २०७८ को जिल्लाको समष्टिगत वस्तुगत चित्रण रहेको छ ।

समन्वय प्रमुख रजिन्द्र सिंह ठकुरीको सभापतित्व रहेको कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्