काठमाडौं १६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित

| २०८१ मंसिर १७ गतेमा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।

उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।

एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् ।

०७९ को निर्वाचनमा काठमाडौं १६ मा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट