पालिका विशेष
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने उपाध्यक्षविरुद्ध मुद्दा दर्ता !
कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ । सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो ।

